नेपाली महिला समाज कतारले भव्य रूपमा मनायो तिज !

तिलु शर्मा पौडेल, दोहा कतार । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिज कतारमा भव्य रूपमा मनाइएको छ । नेपाली महिला समाज कतार र एनआरएनए एनसीसी कतारको महिला विभागको संयुक्त आयोजना प्रत्यक्ष र जुम (अनलाइन) बाट रमाइलो तिज कार्यक्रम २०२१ भव्य रूपमा मनाइएको हो ।

नेपाली राजदूतावासको सभा हलमा समाज कतारकी अध्यक्ष सरिता पौडेल भण्डारीको सभापतित्व तथा कतारका लागी नेपाली राजदूत नारदनाथ भारद्वाज वाग्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नियोगका दित्तिय सचिव प्रवीण भट्टराई लगायत कतारमा स्थापित सङ्घ- संस्था प्रमुख, महिला प्रतिनिधि , सामाजिक अभियन्ता लगायतको उपस्थिति रहेको थियो ।

विधिबत रूपमा उद्घाटन गर्दे सुरु गरिएको कार्यक्रम तथा उपस्थितलाई एनआरएनए कतारकी महिला संयोजक नानु घले व्लोनले स्वागत मन्तव्यले स्वागत गर्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले नेपाल संस्कृतिको धनी देश रहेको कुरा अरब दिपमा मनाइएको तिजले पुष्टि गरेको बताउनु भयाे । कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरूले तिजको शुभकामना आदान प्रदान सहित शुभेच्छा प्रकट गर्नुभएकाे थियाे ।

समाजकी महासचिव कामना केसीले सञ्चालन गरेको कार्यक्रमको बिचबिचमा नाचगान समेत गरिएको थियो । कार्यक्रमलाई समापन गर्दै सभापति पौडेलले कोरोनाका कारण खुल्ला रूपमा कार्यक्रम गर्न नसकिए पनि आगामी दिनमा अवस्था सहज हुँदै जाने आशा व्यक्त गर्दै कतारका सबै महिलालाई समेट्दै थप नयाँ सहित अन्य कार्यक्रम गर्न सकिने वातावरण बन्ने विश्वास व्यक्त गर्नु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button