काेराेनाका कारण पाेखराका ३ सहित प्रदेशमा थप ४ काे मृत्यु

पोखरा न्यूज । कोरोना भाइरसको संक्रमण भई पाेखराका अस्पतालहरुमा उपचारकाे क्रममा थप ४ जनाकाे मृत्यु भएकाे छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा पाेखरा २१ का ७०  वर्षीय पुरुषकाे शनिबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

गण्डकी स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार पाेखरा १५ की ८७ वर्षीया महिला र पाेखरा ६ की ५२ वर्षीया महिलाकाे गण्डकी मेडिकल कलेजमा पाेखरामा शनिबार उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

सैनिक अस्पतालमा नवलपुरकाे कावासाेती ३ की ६० वर्षीया महिलाकाे भदाै २३ उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३१ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button