बैंक तथा वित्तसमाचार

प्रभु बैंकको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन भोलि

पाेखरा न्यूज । प्रभु बैंकको सेयर लिलामी भर्ने २८ भदौ भाेलि (सोमबार) अन्तिम दिन रहेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको संस्थापक सेयरमा बैंकका संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेश गर्न सक्नेछन् ।

प्रभुले १५ भदौबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरिरहेको छ । यसमा संस्थापक सेयरको प्रतिकित्ता भाउ २१० रुपैयाँ तोकिएको छ ।

क्यापिटलका अनुसार बोलपत्रमा आफूले खरीद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्नेछ । आवेदकले मुक्तिनाथ क्यापिटल हात्तिसारमा लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।

 

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x