मंगलबार कास्कीसहित प्रदेशमा कतिमा भयाे काेराेना पुष्टि ?

पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा ५१ जना पुरुष तथा ४३ जना महिला गरी ९४ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९६९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप १४१ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।

कास्कीका ९४ जनासहित म्याग्दीका २ जना, पर्वतका २ जना, गाेरखाका ६ जना,  तनहुँका ५ जना, बाग्लुङका ३ जना, स्याङ्जाका १२ जना र नवलपुरका १७ जना गरी प्रदेशका ८ जिल्लामा ८२  पुरुष तथा ५९ जना महिलामा कोरोना पुष्टि भएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८३ हजार ८१३ पुगेको छ। पछिल्लो २४ घण्टामा २०१ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८० हजार ७९९ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३३३ पुगेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button