रमेश राज भट्टराईको “सुन साइला” रुवाउँदै ट्रेन्डिङको शिखरमा (भिडियो सहित)

तिलु शर्मा पौडेल । परदेशिएका आम नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा समर्पित गीत “भन साइला” बजारमा आएको छ l बजारमा आएको छोटो समयमै गीतले चर्चा कमाउँदै गएको छ l गायक तथा सर्जकको परिचय बनाउनु भएका रमेश राज भट्टराईको साइला उहाँले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याउनु भएकाे हाे ।

सामाजिक कथा बस्तु बोकेको भट्टराईको गीत ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । गाउँमा कृषि गरिरहनु भएका एउटा युवाको विदेश गएर धेरै पैसा कमाउने र परिवारलाई सुखले पाल्ने सपना हुन्छ । विदेशमा युवालाई परिवारकाे यादमा निकै आएकाे हुन्छ । परिवार त्यसमाथि आधा जीवन बिताउने प्रण गर्नुभएकी श्रीमतीसँगको दुरीले उहाँलाई पोली रहेको हुन्छ । गीत अनुसार कथा बोलेको भिडियोले भावुक बनाउँछ l

यता घरमा भने छोरोले पैसा कमाएर बुहारीलाई पठाएको र उसले लुकाएको आशङ्का बाउ ( सन्तोष पन्त) आमा ( सङ्गम भण्डारी) ले गर्नुहुन्छ । घरमा बुहारी ( लक्ष्मी बर्देवा ) लाई निकै ताना मारी रहने, आँखा तर्ने बाउ आमाको सामुन्ने एउटा हात गुमाएको छोरो (जीवन भट्टराई) विदेशबाट फर्केर टुप्लुक्क आँगनमा पुग्दा बाउ आमा छाँगाबाट खसे जस्तै हुनुहुन्छ भने श्रीमती निःशब्द । टन्न पैसा कमाएर सुखै सुखैमा राख्ने बचन पूरा नभए पनि सँगै जिउने सपना पूरा हुनु पनि ठूलो कुरा भएको र सास बाँकी छ भने गरी खान सकिन्छ भन्ने सकारात्मक ऊर्जाको कथा गीतले बोकेको छ ।

भट्टराईकै शब्द सङ्गीतमा तयार भएको गीतमा उनलाई युवा पुस्ताकी चर्चित गायिका रचना रिमालले स्वरमा साथ दिएकी छिन । हजारौँ गीतको सफल निर्देशन गरी सकेका शङ्कर बिसीले मनको पिडा बुझिदिने मुटु छुटेको र तड़पको कथालाई मर्मस्पर्शी ढङ्गले पस्केका छन् l भिडियोलाई दुर्गा पौडेलले खिचेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।

भिडियाे लिंकः

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button