पाेखराका यी क्षेत्रमा साेमबार दिनभर हुँदैछ विद्युत सेवा अवरुद्ध !

पाेखरा न्यूज । पाेखराका विभिन्न क्षेत्रमा साेमबार दिँउसाे विद्युत सेवा अवरुद्ध हुने भएकाे छ ।

विद्युत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले दिएकाे जानकारी अनुसार ताताेपानी फिडर अन्तर्गत पर्ने क्षेत्रहरु लामाचाैर, बाटुलेचाैर, अर्मला, घार्मी, पुरनचाैर, लाहाचाेक, घाचाेक, दीप, भुर्जुगखाेला लगायतका क्षेत्रमा सेवा अवरुद्ध हुन लागेकाे छ ।

साेम‍बार दिउसाे साढे १० बजेदेखि ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुन लागेकाे हाे ।

रुखका हाँगा तथा बाँस काट्ने कार्य गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध गर्नु परेकाे प्राधिकरणकाे भनाइ छ ।

साेमबार मौसम अनुकुल नरहेमा सेवा प्रवाहमा केही फेरबदल हुन सक्ने पनि जानकारी दिइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button