पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १७ जना पुरुष तथा २६ जना महिला गरी ४३ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८५९ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ८८ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका ४३ जनासहित पर्वतका ५ जना, गाेरखाका २ जना, लमजुङका ३ जना, तनहुँका ६ जना, बाग्लुङका ३ जना, स्याङ्जाका २० जना र नवलपुरका ६ जना गरी प्रदेशका ८ जिल्लामा ३२ पुरुष तथा ५६ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८५ हजार ६५९ पुगेको छ। पछिल्लो २४ घण्टामा ५७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८३ हजार ३० पुगेको छ ।
हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३६२ पुगेको छ।