पोखरामा जग्गा पास गर्ने नाममा ठगी गरेको आरोपमा एक पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले जग्गा पास गरी दिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई  पक्राउ गरेको छ ।

पोखरा १५ टुटुङ्गाका  सन्तु ढकाल पौडेलको जग्गा खरिदकर्तालाई छिटो र सुलभ तरिकाले  पास गरी लालपुर्जा समेत उपलब्ध गराइदिन्छु भनी ठगी गरेको आरोपमा पोखरा २३ चापाकोट घर  पर्स्याङ बस्ने ५६ वर्षीय मातृका बस्ताकोटी पक्राउ परेको प्रहरीले जनाएको छ ।

जग्गा किन्न लागेका  मनहरी तिमिल्सिनालाई असोज १५ गते लेखनदास काम गर्ने बस्ताकोटीले जग्गा पास गरिदिने विश्वास दिलाई नगद रु २५ हजार ठगेको प्रहरीको आरोप छ ।

नगद रकमसहित  पक्राउ परेका बस्ताकोटीलाई   ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी  अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button