अन्तर्राष्ट्रियअर्थ व्यापारसमाचार

यी हुन् भारतका पाँच अर्बपति र उनीहरूको सम्पत्ति

पाेखरा न्यूज । छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ ।

प्रस्तुत छ भारतका पाँच अरबपतिः

मुकेश अम्बानी

भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश धिरुभाइ अम्बानी बिगत १० वर्षदेखि भारतको सर्वाधिक धनी व्यक्ति बन्न सफल हुनुभएकाे छ । यसै वर्ष आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाले सार्वजनिक गरेको एक तथ्यांकअनुसार अम्बानीको ९६ अर्ब ६० करोड डलर सम्पत्ति छ ।

गौतम अडानी

अडानी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडानी भारतका दोस्रो धनाढ्य हुनुहुन्छ । सन् २०२१ को फोब्र्सको रिपोर्टअनुसार अडानी एशियाको दोस्रो र संसारकै १३ औं धनी व्यक्ति हुनुहुन्छ । आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाको सर्बेक्षणअनुसार अडानीको ६५ अर्ब ६६ करोड सम्पत्ति छ ।

शिव नाडार

एचसीएल टेक्नोलोजीका संस्थापक तथा अध्यक्ष शिब नाडारको ३० अर्ब ७५ करोड डलर बराबरको सम्पत्ति छ । कोभिडका कारण भारतको ट्राभल, हस्पिटालिटी र रिटेल क्षेत्र प्रभावित भए पनि नाडारको सम्पत्ति भने निरन्तर बढिरहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् ।

एसपी हिन्दुजा

भारतमा जन्मिनु भएका ब्रिटीश अर्बपति तथा लगानीकर्ता श्रीचन्द परमानन्द हिन्दुजा भारतका चर्चित उद्योगपति हुनुहुन्छ । उहाँ हिन्दुजा ग्रुप अफ कम्पनीका अध्यक्ष र प्राइमरी सेयरहोल्डर हुनुहुन्छ ।

२८ अर्ब ६० करोड डलर सम्पत्तिका मालिक एसपी हिन्दुजा र उहाँको परिवारको स्वामित्वको अशोक लेल्यान्ड र इन्डसइन्ड बैंक एशियामा नै चर्चित कम्पनी हुन् । हुरुनको रिपोर्टअनुसार सेयर मुल्यमा भएको बृद्धिसँगै उहाँका कम्पनीले उल्लेख्य प्रगति गरेका छन् । मुम्बई, लन्डन र जेनेभामा रहेर हिन्दुजा ब्रोदर्सले आफ्ना कम्पनीहरू चलाउँदै आउनु भएकाे छ ।

लक्ष्मी मित्तल

स्टिल उत्पादनमा चर्चित नाम लक्ष्मी मित्तल भारतका पाँचौं धनाढ्य हुनुहुन्छ । उहाँको २२ अर्ब ६७ करोड डलर सम्पत्ति छ । उहाँको स्वामित्वमा रहेको बहुराष्ट्रिय स्टिल निर्माता कम्पनी आर्सेलरमित्तलको प्रधान कार्यालय लक्जेम्वर्गमा छ । आर्सेलर र मित्तल स्टिलको मर्जपछि सन् २००६ मा आर्सेलरमित्तल स्थापना गरिएको थियो । निर्माण, पूर्वाधार र नविकरणीय उर्जाको क्षेत्रमा आर्सेलरमित्तलबाट उत्पादित सामाग्रीको माग बढ्दो छ ।

guest
0 प्रतिकिया
Inline Feedbacks
View all comments

सम्बन्धित खबर

Back to top button
0
Would love your thoughts, please comment.x
()
x