पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी मञ्जु गुरुङलाई

पाेखरा न्यूज । पोखराको कार्यबाहक मेयरको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिइएको छ ।

मेयर मानबहादुर जिसी १ साउनदेखि मस्तिष्कघातको उपचार गराइरहनु भएकाे छ । जिसीले तीन महिनापछि कार्यालयमै आएर गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिनु भएकाे हाे । मेयर नहुँदा हालसम्म महानगरको काम रोकिएको थियो ।

योसँगै जिसीले कार्यकक्षबाटै दसैं र चाडवाडको शुभकामना दिनु भएकाे छ । उहाँको स्वास्थ्य केही सुधार भएको छ । सहयोगीको सहयोगमा उहाँ सोमबार महानगर पुग्नुभएकाे हाे ।

उहाँले कोरोना संक्रमणको जोखिम अझै रहेकाले स्वास्थ्यप्रति सचेत भएर चाडपर्व मनाउन आग्रह गर्नुभएकाे छ । करिब एक घन्टा कार्यालयमा बिताउनु भएका जिसीले महानगरले गर्ने काम, सेवा प्रवाहलाई गुनासो नआउने गरी गर्न जनप्रतिनिधि तथा कर्मचारीलाई निर्देशन दिनुभएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button