लाइफ इन एलएको दोस्रो गीत उडेर आयाै तिमी सार्वजनिक

पाेखरा न्यूज । गत साउनमा अमेरिका र नेपालको पोखरा, भिमाद लगायतको ठाँउमा छाँयाकन भएको चलचित्र ‘लाइफ इन एलए’को दोस्रो गीत उडेर आयाै तिमी सार्वजनिक भएको छ । आइतवार अमेरिकामा एक कार्यक्रमका बीच चलचित्रमा समावेश ‘उडेर आयौ तिमी’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । गीत एलिस कार्कीको संगीत र सुन्दर पन्तकोको शब्द रचना, प्रताप दास र प्रविशा अधिकारीको युगल स्वर रहेको छ ।

गीतको भिडियोमा चलचित्रका नायक ब्यास बिस्सु र अभिनेत्री अकेशा विष्ट रोमान्टिक अवतारमा देखिएका छन् । गत साउनमा निर्माण टिमले नेपाल छायांकन पूरा गरेपछि चलचित्रमा समावेश भएको पागल प्रेमी गीत सार्वजनिक गरेको थियो ।

सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल, संचारकर्मी विष्णु गौतम लगायतको पनि अभिनय छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् ।

संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् र प्रदिप आचार्य पोष्ट प्रडक्सन म्यानेजर रहेका छन । भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन अमेरिका र बाबु श्रेष्ठ नेपाल को छायांकन छ । निर्माण टिमले दुईवटा गीत सार्वजनिक गरिसकेको छ ।फिल्मीको पहिलो प्रदर्शन नोभेम्वर १३ मा लश एन्लसमामा हुनेछ र अमेरीकाको विभिन्न शहरका प्रदर्शन भएपछि नेपालमा यसको प्रदर्शन हुनेछ ।

https://youtu.be/GO6nWcbHwIw

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button