टी-ट्वान्टी विश्वकप : बंगलादेश स्कटल्याण्डसँग पराजित

पाेखरा न्यूज । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको छ। आइतबार राति ओमानमा भएको पहिलो चरणको खेलमा बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो ।

१४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो । बंगलादेशका मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाउनु भयाे ।

स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिनुभयाे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ सर्बाधिक रन बनाउनु भयाे । जर्ज मुन्सेले २९ रन जोड्दा मार्क वाटले २२ रन बनाउनु भयाे ।

बंगलादेशका मेहदी हसनले ३ विकेट लिनुभयाे । मुस्ताफिजुर रहमान र शकिब अल हसनले समान २/२ विकेट लिनुभयाे ।

विश्वकपको पहिलो चरण अन्तर्गत नै ओमानले विजयी सुरुवात गरिसकेको छ ।

आइतबार नै भएको खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको हो ।

विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन् ।

पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button