पोखरामा जुवा मुद्धाका प्रतिवादी छुटाइदिने भन्दै ५ लाख ठग्न खोज्ने २ जना पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले जुवा मुद्धाका प्रतिवादी छुटाउने नाममा ठगी गर्न खोजेको आरोपमा दुई जनालाई  पक्राउ गरेको छ।

जुवा तथा सट्टेबाजी मुद्धामा गत असोज १९ गते पोखरा -१९ लामाचौरबाट पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै पाँच लाख रुपैंया  ठगी गर्न खोज्ने दुई जना आइतबार पक्राउ परेको  कास्की प्रहरीले जनाएको छ ।

आफ्ना चिनेका व्यक्तिहरु प्रहरी, वकिल र अदालतमा भएकोले  मुद्धा मिलाइदिने भन्दै ठगी गर्न खोज्ने काभ्रे जिल्ला खानिखोला -१ घर भइ पोखरा -५ बस्दै आएका २९ वर्षीय चन्द्र बहादुर बल र गोरखा शहीद लखन गाउँपालिका -१ घर भइ पोखरा -२६ अर्घौंचोक बस्दै आएका ३१ वर्षीय जीवन गुरुङलाई पक्राउ गरिएको  कास्की प्रहरी प्रवक्ता, डिएसपी  सुवास हमालले जानकारी दिनुभयो।

पक्राउ परेकाहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button