पत्रकार राईको भीरबाट लडेर मृत्यु

पाेखरा न्यूज । ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर आइतबार मृत्यु भएको छ । काठमाडाैंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको हो ।

गाडी रोकेर दिसापिसाब गर्न भन्दै पाखामा जानेक्रममा भीरबाट लडेर पत्रकार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर शाहले बताउनु भयाे । ओखलढुंगाको मोलुङ गाउँपालिका-२ टेकनपुरबाट धरान नगरपालिका-१५ बसाइँ सर्नुभएका पत्रकार राई नेपाल पत्रकार संघ हङकङका अध्यक्ष पनि हुनुहुन्छ। उहाँको सम्पादकत्वमा दुई दशकदेखि हङकङबाट एभरेष्ट साप्ताहिक प्रकाशन हुँदैआएको छ ।

पत्रकार राईको लडेर मृत्यु भएको विषयमा प्रहरीचौकी दोर्पाचिउरीडाँडालाई बेलुका ७ बजे खबर पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शाहको नेतृत्वमा खटिएका प्रहरीले राति २ बजे शव जिल्ला अस्पताल पुर्‍याएको थियो । राईलाई अस्पतालमा मृत अवस्थामा ल्याइएको मेडिकल सुपरिटेण्डेण्ट डा. वैभव मल्लिकले पुष्टि गर्नुभएकाे छ।

धरानबाट आफन्त आएपछि पोष्टमार्टम गरेर शव जिम्मा दिने तयारी गरिएको प्रहरी निरीक्षक शाहले बताउनुभयाे । पत्रकार राईसँग सशस्त्र प्रहरीका पूर्व एसपी प्रेम श्रेष्ठ पनि हुनुहुन्थ्याे । उहाँहरू घुमफिरका क्रममा भोजपुरतर्फ हिँडेको बताइएको छ ।

जनजाति महासंघ हङकङका अध्यक्ष रहनुभएका राई किरात राई यायोक्खा हङकङका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button