पाेखरा न्यूज । पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा १३ जना पुरुष तथा १३ जना महिला गरी २६ जनामा कोरोना भाइरस पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ३३६ जनाको नमुना परीक्षण गरिएकोमा गण्डकी प्रदेशमा थप ४४ जनामा कोरोना पोजेटिभ देखिएको विज्ञप्ति मार्फत निर्देशनालयले उल्लेख गरेको छ ।
कास्कीका २६ सहित लमजुङका ९ जना, तनहुँका १ जना, स्याङ्जाका ५ जना र नवलपुरका ३ जना गरी प्रदेशका ५ जिल्लामा गरी १९ पुरुष तथा २५ जना महिलामा कोरोना पुष्टि भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ८७ हजार २६९ पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८५ हजार ३५५ पुगेको छ ।
गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण प्रदेशभर ज्यान गुमाउनेको संख्या १ हजार ३९४ पुगेको छ।