मुस्ताङमा स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी शिविर

पाेखरा न्यूज । महिलाहरुमा पछिल्लाे समय समस्याका रुपमा देखिँदै आएकाे स्तन तथा पाठेघरकाे क्यान्सर सम्बन्धी समस्या पहिचानका लागि मुस्ताङमा यससम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयाेजना गरिएकाे छ ।

लो घेराउ दामोदरकुण्ड गाउँपालिका मुस्ताङको आयोजना तथा मेसन नामक संस्थाकाे सहयाेगमा आइतबार आज साे कार्यक्रम संचालन भइरहेकाे छ ।  चराङ स्वास्थ्य चौकी मुस्ताङमा महिलाहरुका लागी स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी स्क्रिनिङ क्याम्प संचालन भैरहेको जनाइएकाे छ। साे क्याम्पमा मुस्ताङका सर्वसाधरण महिलाहरुकाे उपस्थिति रहेकाे छ ।

लो घेराउ दामोदरकुण्ड गाउँपालिकाको जम्मा जनसंख्या करिव १ हजार ४२३ रहेको छ । माथिल्लो भेगमा अवस्थित याे गाउँपालिका जिल्लाको सवैभन्दा ठूलो गाउँपालिका हो । गाउँपालिकाको उत्तर तर्फ लोमान्थाङ गाउँपालिका तथा चीनको सिमाना पर्दछ भने दक्षिण तर्फ वाह्रगूँ मुक्तिक्षेत्र गाउँपालिका पर्दछ । त्यस्तै पूर्वतर्फ मनाङको नारफुभूमि गाउँपालिका र पश्चिमतर्फ डोल्पाको छार्काताङसोङ गाउँपालिका पर्दछ । समून्द्री सतहबाट ३५०० मिटर देखि ५५०० मिटर सम्मका भूभागहरु गाउँपालिकामा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button