पशुपतिनाथ मन्दिरमा रामदेवको योग शिविर

पाेखरा न्यूज । भारतीय योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराउनु भएकाे छ ।

संस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मन्डपमा योगाभ्यास गराउनु भएकाे हाे ।

शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी हुनुहुन्थ्याे । शिविरमा योग गर्न चाहनेलाई निशुल्क प्रवेश दिइएको थियो । शिविरमा उल्लेख्य सहभागिता थियो ।

शिविर सकएपछि स्वामी रामदेवले पशुपतिनाथ दर्शन गर्ने कार्यक्रम छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button