पोखराबाट दुई लाख डलरसहित ४२ वर्षीय गुरुङ पक्राउ

पाेखरा न्यूज । कास्की प्रहरीले ठूलो मात्रामा अमेरिकी डलरसहित एक व्यक्तिलाई शुक्रबार पाेखरामा पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरा आउँदै गरेको माईक्रोबसबाट प्रहरीले एक लाख ९४ हजार दुई सय अमेरिकी डलरसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मुस्ताङको लो घेकर दामोदर कुण्ड घर भइ पोखराको शिवालय चोक बस्ने ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङ छन् । प्रहरीले बरामद गरेको रकम दुई करोड ३२ लाख ६ हजार नेपाली रुपैयाँ हुन्छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी सुन्दर तिवारीले उनी बारे थप अनुसन्धान भइरहेकाे बताउनु भएकाे छ ।

‘विगतको गतिविधि हेर्दा काठमाडौंबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्फत पोखरा आउने र प्लेन चढेर काठमाडौं जाने गरेको खुलेको छ । अरु अनुसन्धान भैरहेको छ,’ उहाँले भन्नुभयाे ।

डलर बोकेर आएको भन्ने गोप्य सूचनाको आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र वप्रका गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

उक्त रकम केका लागि ल्याइएको र कहाँ लगानी हुँदै थियो भन्ने प्रहरीले खुलाएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button