पूर्व पश्चिम राजमार्गमा स्कुटर दुर्घटना हुँदा ३९ वर्षीया युवतीकाे मृत्यु

पाेखरा न्यूज ।  स्कुटरले ट्रकलाई ‌ओभरटेक गर्न खाेज्दा पूर्व पश्चिम राजमार्गकाे नवलपरासी पूर्वमा शुक्रबार दिउसाे भएकाे दुर्घटनामा स्कुटर पछाडि बस्ने युवतीकाे मृत्यु भएकाे छ ।

शुक्रबार दिउसाे अन्दाजी ११:४५ बजेको समयमा नवलपरासी पूर्वकाे गैडाकोट नगरपालिका-१० पितौजिस्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको ग १५ प ४९७१ नं.को स्कुटरले सोही दिशाबाट जादै गरेको ना ४ ख ६४४७ नं. को ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा स्कुटरको पछाडि सवार नवलपरासीकाे पश्चिम सुस्ता गाउँपालिका-४ बेलटारी बस्ने ३९ वर्षीया गंगा जोशी घाइते भएपछि उपचारको लागि भरतपुरतर्फ पठाएकोमा उनकाे उपचारको क्रममा मृत्यू भएको प्रहरीकाे भनाइ छ ।

स्कुटर चालक साेही ठाँउकी ३८ युवती सकुशल रहेकी र घटनाको विषयमा थप अनुसन्धान भइरहेकाे जनाइएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button