पुलबाट खसेर म्याग्दीमा एक युवककाे मृत्यु

पाेखरा न्यूज । पुलबाट खसेर शुक्रबार म्याग्दीमा एक युवककाे मृत्यु भएकाे छ । पुलबाट खसेर घाइते भएका रोल्पाकाे सुनछरी गाउँपालिका-७ जेलबाङका अन्दाजी १८ वर्षीय असिम बुढा मगरकाे उपचारकाे क्रममा मृत्यु भएकाे गण्डकी प्रदेश प्रहरी कार्यालय पाेखराले जानकारी दिएकाे छ ।

म्याग्दीकाे मालिका गाउँपालिका-७ बिमस्थित बिम बाईनाफाट र धवलागिरी गाउँपालिका-६ मराङ खिर जोडने निर्माणधिन पक्की पुलमा लेबर काम गर्ने बुढा मगर काम गर्ने क्रममा शुक्रबार बिहान अन्दाजी २० मिटर तल खस्न जाँदा घाईते भएका थिए ।

घाइते भएका उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र दरबाङ लगिएकाेमा उपचारको क्रममा मृत्यु भएको बताइएकाे छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button