
पोखरा न्यूज । पोखरामा स्याङजाका एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
स्याङजा फेदीखोला २ सर्केटारी घर भइ पोखरा ६ लेकसाइड बस्ने २९ वर्षीय प्रदिप विक १५३ एम्पुल लागुऔषधसहित
पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।
मंगलबार पोखरा ३० पावरहाउस चोकमा सवारीसाधन चेक जाँच गर्दा प्रहरीले प्रदिपको साथबाट डाइजापाम-५१ एम्पुल, फेनारगन-५१ एम्पुल र नुर्फिन-५१ एम्पुल लागुऔषध तथा नगद पाँच हजार र एक थान मोबाइल बरामद गरेको प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिनुभयो ।
दीपकलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट लागुऔषध मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





