पोखरामा ठूलो परिमाणमा लागुऔषधसहित २ युवक पक्राउ

पोखरा न्यूज । कास्की प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित बिहीबार दुई जनालाई  पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं. ७ बाट ५४ एम्पुल लागुऔषधसहित पोखरा १७ ड्यामसाइड बस्ने  ३५ वर्षीय दीपक भारती र बुटवल – ४ घर भई  पोखरा १६ जैमुरी चोक बस्ने  ३२ वर्षीय अनिल खड्की लागुऔषधसहित पक्राउ परेको कास्की प्रहरी प्रवक्ता, डिएसपी सुन्दर तिवारीले जानकारी दिनुभयो ।

प्रहरीले  भारतीको साथबाट डाइजापाम -१८ एम्पुल, फेनारगन-१८ एम्पुल र नर्फिन १८ एम्पुल बरामद गरेको छ । पक्राउ परेका भारतीलाई लागुऔषध मुद्दामा  जिल्ला अदालतबाट दश दिन म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी तिवारीले जनाउनुभयो ।

खड्कीको साथबाट नाइट्रोभेट ८०५ चक्की, डाइजापाम-२१ एम्पुल, फेनारगन-२० एम्पुल र नर्फिन-२१ एम्पुल बरामद भएको डिएसपी तिवारीले उल्लेख गर्नुभयो  ।

खड्कीलाई  जिल्ला अदालतबाट  सात दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button