पानीकाे खाल्डाेमा डुबेकी २ वर्षीया बालिकाकाे निधन

पाेखरा न्यूज । इटा भट्टामा खेल्ने क्रममा पानीकाे खाल्डाेमा डुबेकी २ वर्षीया बालिकाकाे उपचारकाे क्रममा नवलपुरमा निधन भएकाे छ ।

नवलपरासी पूर्वकाे मध्यविन्दु  नगरपालिका-१ सेतापानीस्थित नवलपुर इटा भट्टामा काम गर्ने कैलालीकाे जोसिपुर गाउँपालिका-६ की करिस्मा चौधरीको २ वर्षीया छोरी जेनिसा चौधरीकाे निधन भएकाे हाे ।

ती बालिका आइतबार दिउसाे पाैने १२ बजेकाे समयमा इट्टा भट्टाभित्र खेल्ने क्रममा अचानक कम्पाउण्डमा रहेको ३ फिट गहिरो पानीको खाल्डोमा खसेर डुबेकी थिइन ।

उनलाई उद्धार गरी उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीकाे भनाइ छ । घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button