पाेखरामा चरेशसहित महिला र युवक पक्राउ

पाेखरा न्यूज । कास्की प्रहरीले पाेखरामा लागुऔषध चरेशसहित शुक्रबार दुईजनालाई पक्राउ गरेकाे  छ ।

रूकुमकाे भूमे गाउँपालिका  २ घर भइ पोखरा महानगरपालिका -३२ सातमुहाने बस्ने  ५६ वर्षीया कुमारी बुढा मगर र  पोखरा ३२ खुदिखोला बस्ने  १९ वर्षीय विकास थापा १ किलो २३० ग्राम लागुऔषध चरेशसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

पोखरा सातमुहानेमा लागुऔषध  चरेशको कारोबार तथा बिक्री वितरण भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे ।

उनीहरुलाई लागुऔषध सम्बन्धी मुद्दामा   जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान  अगाडि बढाइएको प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button