रणवीरलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव

पाेखरा न्यूज । फिल्म ‘८३’मा कपिल देवको भूमिकामा अभिनय गर्नुभएका अभिनेता रणवीर सिंहलाई पाँच बायोपिकमा अभिनयको प्रस्ताव आएको छ । जसमा तीन फिल्म खेलाडीको जीवनमा आधारित छन् । यो कुराको खुलासा उहााले एक अन्तर्वार्तामा गर्नुभएकाे हाे।

‘मेरो ५ बायोपिक फिल्मका लागि कुराकानी भइरहेको छ । जसमा तीन फिल्म खेलाडीको जीवनसँग सम्बन्धित छ । यी सबै बायोपिक फरकफरक चरणमा छन् । केहीको कथा अहिले विकसित भइरहेको छ । आशा छ एउटा राम्रो स्क्रिप्ट बन्नेछ र यसको घोषणा हुनेछ’, उहाँले भन्नुभएकाे छ ।

फिल्म ‘८३’ डिसेम्बर २४ मा रिलिज भएको थियो । कवीर खान निर्देशित फिल्ममा दीपिका पादुकोण, पंकज त्रिपाठी र ताहिर राज भसीनलगायतका कलाकारको अभिनय छ । फिल्मले हाल विश्वव्यापी रुपमा १ सय १५ करोड कमाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button