लोकगायक राजु परियार सम्मानित

पाेखरा न्यूज । लोकगायक राजु परियार सम्मानित हुनुभएकाे छ । लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर हुनुभएका गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार-७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो ।

एमालेको केन्द्रीय उपमहासचिव एवम्ं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गर्नुभएकाे हाे । लोकलयलाई गायकीका माध्यमबाट नेपाली सांगीतिक आकाशलाई चम्किलो बनाउन सफल, स्थानीय लोक भाकालाई टपक्क टिपेर अन्तरा जडित मुर्छनाबाट गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेद र युगल भावलाई लोक गीतका माध्यमबाट विश्वभर चिनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।

२०३७ सालमा जन्मिनु भएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थाल्नुभएकाे हाे । उहाँले अहिलेसम्म  १३ हजार बढी गीतमा स्वर दिइसक्नुभएकाे छ। गायक परियारले प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा. अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा, रेडियो, एफएम देश तथा विदेशका विभिन्न संघसंस्थाबाट सम्मान र पुरस्कार पाउनु भएकाे छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button