मलाइकासँग दुरी बढाउँदै अर्जुन कपूर

पोखरा न्यूज । बलिउड अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।

मलाइका ६ दिनयता घरबाट बाहिर निस्किनुभएको छैन । उहाँ पूर्ण रुपमा आइसोलेसनमा हुनुहुन्५ । उहाँ दुःखी हुनुहुन्५ र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहनुहुन्५ । अर्जुन पनि मलाइकालाई भेट्न उहाँको घर जानुभएको छैन ।

अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुग्नुभएको थियो । जबकी रिहा मलाइकाको छिमेकी हुनुहुन्छ । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न जानुभएन । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्नुहुन्थ्यो । ‘उहाँहरूले कफी डेट र डिनर डेटलाई अहिले रोक्नुभएको छ । त्यसकारण पनि उहाँहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ,’ उहाँहरू निकट स्रोतको दाबी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button