इरानका सर्वोच्च नेता खमेनीको ट्विटर अकाउन्ट बन्द

पाेखरा न्यूज । ट्विटरले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खमेनीको ट्विटर अकाउन्ट बन्द गरिदिएको छ ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एउटा एनिमेटेड भिडियो पोस्ट गरेपछि ट्विटरले खमेनीकोे अकाउन्ट बन्द गरिदिएइको थियो । सो भिडियोमा ट्रम्पले दुई वर्षअघि इराकको राजधानी बग्दादमा ड्रोन हमला गर्न निर्देशन दिइएको देखाइएको छ ।

ट्रम्प राष्ट्रपति हुँदा अमेरिकाको एउटा ड्रोन हमलामा इरानका तत्कालिन कमान्डर जनरल क्वासिम सोलिमानीको मृत्यु भएको थियो । खमेनीको आधिकारिक वेबसाईटमा ‘बदला निश्चित छ’ भन्ने भिडियोलाई पनि केही दिन अघि ट्विटरले हटाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button