आमा-बाबुसँग अनुहार मिल्ने बलिउडका स्टार किड्स

पाेखरा न्यूज । बलिउड जोडी अजय देवगन-काजोलका जेठी छोरी नायस हालका दिनमा आफ्नो ग्ल्यामरस तस्बिरका कारण चर्चामा हुनुहुन्छ । नायसाले हालै कालो पहिरन लगाउनु भएकाे थियाे, जुन तस्बिर निकै भाइरल बनेको थियो । तस्बिरमा उहाँलाई आमा काजोलजस्तै देखिएको छ ।

त्यसो त नायसाअघि कैयौं स्टार किड्स परिवारका जस्तै देखिएका छन् । अभिनेता सैफ अलि खान र अमृता सिंहका छोरा इब्राहिम हुबहु पिता जस्तै देखिनुहुन्छ । हालैमात्र इब्राहिमले एक फोटोसुट गराउनु भएकाे थियाे, जुन तस्बिरमा उहाँ युवा सैफजस्तै देखिनुभएकाे छ ।

अमृता र सैफकी जेठी छोरी सारा अलि खान आमाजस्तै देखिनुहुन्छ । साराको तस्बिरको तुलना प्रायः अमृताको पुरानो तस्बिरसँग गरिन्छ ।

अभिनेता शाहरुख खान र पत्नी गौरीका छोरा आर्यन खान पूर्ण रूपमा पिता शाहरुखजस्तै देखिनुहुन्छ । उहाँको सामाजिक सञ्जालमा अधिक फ्यान फलोइङ छ । आर्यनले फिल्म ‘कभी खुसी कभी गम’मा शाहरुखको बाल्यकालको भूमिकामा अभिनय गरिसक्नुभएकाे छ ।

शर्मिला टैगोर र नवाब पटौदीकी छोरी सोहा अलि खानको अनुहार उहाँको आमा शर्मिलासँग मिल्छ ।

अभिनेत्री शिल्पा शेठ्ठीका छोरा वियान नौ वर्षका हुनुभयाे । यद्यपि उहाँको अनुहार आमा शिल्पासँग मिल्दोजुल्दो छ ।

‘हिरोपन्ती’बाट बलिउडमा डेब्यू गर्नुभएकाका अभिनेता टाइगर श्राफ भलै पिता ज्याकी श्राफजस्ता देखिनुहुन्न, तर उहाँको लुक्स युवा ज्याकीसँग मिल्छ । कैयौं तस्बिरमा दुवै फोटोकपी जस्ता देखिनुहुन्छ ।

अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी छोरी इशा देओल आमा हेमाजस्तै देखिनुहुन्छ। फिल्ममा पाइला चाल्दा इशालाई उहाँको आमासँग तुलना गरिएको थियो, यद्यपि उहाँको करियर आमाको जस्तो सफल हुन सकेन ।

अभिनेता रणवीर कपुर क्लिन शेवमा पिता ऋषि कपुरको कार्बन कपी देखिनुहुन्छ । लोकप्रिय लेखक जावेद अख्तरका छोरा फरहानको लुक्स बाबुसँग मिल्छ । युवा जावेदको तस्बिरसँग तुलना गर्ने हो भने फरहान पिताजस्तै देखिनुहुन्छ । ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button