
पोखरा न्यूज । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा महिला कोटाबाट कमला पन्त विजयी हुनुभएको छ ।
गठबन्धनकी उम्मेद्वार पन्तले एमालेबाट उम्मेद्वार बन्नुभएकी लिला थनेतलाई ३६० मतभारको अन्तरले पराजित गर्नुभएको हो ।
पन्तले तीन हजार ८४ मतभार पाउँदा थनेतले दुई ७२४ मतभार प्राप्त गर्नुभयो । गठबन्धनबाट सात मत क्रस भएको छ । प्रदेश सांसदमध्ये दुई जना र स्थानीय तहका पाँच जनप्रतिनिधिको मत क्रस भएको हो । एकजना सांसदले भने मतपत्र खाली छाेडेका थिए ।
पन्तले प्रदेश सांसदबाट २९ मत पाउनुभयो भने निकटतम प्रतिस्पर्धी लिला थनेतले पनि २९ मत प्राप्त गर्नुभयो । स्थानीय तहतर्फ गठबन्धनकी उम्मेद्वार पन्तले ९४ मत प्राप्त गर्दा थनेतले ७४ मत पाउनुभयो ।





