पोखरामा ज्वरो आएका बालबालिका मध्ये अधिकांशमा कोरोना पोजेटिभ

पोखरा न्यूज । पोखरामा ज्वरो आएर उपचारका लागि पुगेका अधिकांश बालबालिकामा कोभिड-१९ को संक्रमण देखिएको छ ।

ज्वरो आएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुग्ने गरेका  अधिकांश बालबालिकामा कोभिड-१९ परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको अस्पतालका बाल रोग विभाग प्रमुख, वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामचन्द्र बास्तोलाले बताउनुभयो ।

‘लगातार ५/६ दिनदेखि ज्वरो आएर उपचारका लागि अस्पतालमा ल्याइएका बालबालिकामा हामीले कोरोना परीक्षण गर्दा ९० प्रतिशत भन्दा बढी बिरामी बालबालिकामा माइल्ड कोभिड १९ इन्फेक्सन भएको देखिएको छ’, डा. बास्तोलाले भन्नुभयो ।

बालबालिकामा लगातार ५ दिनदेखि ज्वरो आएको खण्डमा तुरुन्त बाल रोग विशेषज्ञलाई देखाउन पर्ने  अन्यथा आतिनु नपर्ने उहाँले बताउनुभयो । ‘बालबालिकालाई सामान्य ज्वरो आउँदैमा आत्तिनुपर्दैन तर ज्वरो आएको ४/५ दिनसम्म पनि ज्वरो घटेन र रुघा खोकी जस्ता लक्षणहरू देखिए भने तत्काल बाल रोग विशेषज्ञलाई देखाउनु पर्छ’, डा. बास्तोलाले भन्नुभयो ।

हाल देखिएको कोरोना भने पहिलेको जस्तो जटिल प्रकृतिको नरहेको डा. बास्तोलाको भनाई छ । ‘यसअघि जस्तो अक्सिजन नै चलाइहाल्नु पर्ने केस छैनन् तर संक्रमितको संख्या अत्याधिक छ, सजग हुन् आवश्यक छ’, डा. बास्तोलाले भन्नुभयो ।

अभिभावकहरू सावधान भई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै बालबालिकाको आहार विहारमा विशेष ध्यान पुर्‍याउन पर्ने  डा. बास्तोलाले  बताउनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button