पल शाह आज आइतबार प्रहरी सामु आँफै उपस्थित हुने

काठमाण्डाैं । नायक पल शाह आज आइतबार प्रहरी सामु उपस्थित हुन लागेका छन् । सामाजिक संजाल फेसबुक मार्फत शाहले यस्ताे जानकारी दिएका हुन् ।

नायक पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियाे । त्यसपछि उनी सार्वजनिक भएका थिएनन् ।

१७ वर्षीया एक गायिकामाथि जबरजस्ती करणी गरेको भनि शाहविरूद्ध बुधबार किटानी जाहेरी दर्ता भएको थियाे ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर गायिकामाथि करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

शाहले आज फेसबुकमा यस्ताे लेखेका छन्ः
‘नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद’

 

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ।

१६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button