नायक पल शाहले गरे प्रहरी सामु आत्मसमर्पण !

तनहुँ । नायक पल शाह प्रहरी सामु उपस्थित भएका छन् । उनले आज आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।

यसअघि नायक शाहले आज फेसबुकमा स्टाटस लेख्दै प्रहरी सामु आँफै उपस्थित हुने जनाएका थिए ।
पलले यस्ताे लेखेका थिए ।
‘नमस्कार सबैमा ,
मेरो आफ्नो स्वास्थ्य स्थिती बिग्रीएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म “म यस्तो गित गाउछु २” गत शुक्रबार देखी नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरि सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार ) नेपाल प्रहरि सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु धन्यबाद’

नायक शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियाे । त्यसपछि उनी सार्वजनिक भएका थिएनन् ।

१७ वर्षीया एक गायिकामाथि जबरजस्ती करणी गरेको भनि शाहविरूद्ध बुधबार किटानी जाहेरी दर्ता भएको थियाे ।

एउटा म्यूजिक भिडियोको सुटिङका क्रममा तनहुँ गएका बेला शाहले फकाएर गायिकामाथि करणी गरेको उजुरीमा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button