आलिया भट्टले भनिन्- प्रेम लुकाउनु पर्ने कारण छैन

काठमाडौं । आलिया भट्ट अभिनित पछिल्लो फिल्म ‘गंगुवाई कठियावाडी’ प्रदर्शनरत छ । केहीले आलियाको अभिनयको प्रशंसा गरेका छन् भने केहीले नसुहाएको प्रतिक्रिया दिइएका छन् ।

संजयलीला भन्साली निर्देशित फिल्म भएकै कारण ‘गंगुवाई कठियावाडी’ चर्चामा छ । फिल्मसँगै आलियाको चर्चा नहुने कुरै भएन । त्यसो त फिल्मसँगै आलियालाई उहाँको प्रेम जीवनले पनि चर्चामा ल्याएको छ । केही समययता आलिया बलिउड अभिनेता रनवीर कपुरसँग प्रेममा हुनुहुन्छ । यो जोडी पहिलो पटक आयान मुकर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिँदै हुनुहुन्छ । फिल्मको प्राविधिक काम पूरा नभएकै कारण फिल्म गत वर्ष रिलिज हुन सकेन ।

साथै, यो प्रेम जोडीले विवाह गर्ने खबरले पनि उत्तिकै चर्चा पाइरहेको छ । आलिया पनि रनवीरको परिवारसँग नजिक हुनुभएकाे छ । यो जोडीले बारम्बार बिहे गर्ने भनिए पनि आधिकारिक रुपमा मिडियामा बोल्नुभएकाे छैन ।

यद्यपि, पछिल्लो समय आलिया भने आफू प्रेममा रहेको स्वीकार्नुभएकाे छ । प्रदर्शनरत फिल्म ‘गंगुवाई कठियावाडी’को प्रमोशनको क्रममा उहाँले आफू रनवीरसँग प्रेममा रहेको बताउनु भएकाे हाे । ‘बताउन पनि केही छैन र लुकाउन पनि,’ आलियाले भन्नुभएकाे छ ।

इन्डियन एक्सप्रेससँग कुराकानी गर्दै उहाँले आफूले रनवीरलाई धेरै माया गर्ने बताउनु भएकाे छ । ‘म आफ्नो प्रेम जीवनको बारेमा धेरै कुरा गर्न चाहँदिन, तर लुकाउन पनि चाहँदिन । म रनवीरसँग आफूलाई सहज महसुस गर्छु र उनलाई धेरै माया गर्छु,’ आलियाले भन्नुभयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button