एकीकृत समाजवादीकाे सचिवालय बैठक बस्दै

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ ।

बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

पार्टी उपमहासचिव गंगालाल तुलाधरले बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने बताउनु भयाे ।

उहाँका अनुसार बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने छ ।

निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा पनि छलफल हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button