हाेलीमा माैसमकाे पूर्वानुमान कस्ताे छ ?

काठमाडाैं । आज बिहीबारदेखि फागु पूर्णिमा अर्थात् हाेली पर्व सुरु भएकाे छ ।

आज काठमाडाैं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा हाेली पर्व मनाइन्छ ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार याे वर्ष हाेलीमा माैसम सामान्य रहेकाे छ ।

बुधबार साँझ स्थानीय वायुका कारण उपत्यका वर्षा भए पनि आज भने माैसम सफा नै रहने आँकलन गरिएकाे छ ।

हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ ।

शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button