३० वैशाखको निर्वाचनले प्रतिगामीलाई दण्डित गर्छ: माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दै स्थानीय निर्वाचनले प्रतिगामीलाई दण्डित गर्ने बताउनु भएकाे छ ।

प्रगतिशीलहरूलाई भने निर्वाचनमार्फत जनताले पुरस्कृत गर्ने उहाँको विश्वास छ ।

होलीको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दण्डित र पुरस्कृत गर्ने समय ३० वैशाख भएको बताउनु भयाे ।

एमालेले निर्वाचन जितेको अवस्थामा ‘समाज बाँच्न लायक’ नहुने भन्दै ओलीप्रति कटाक्ष पनि गर्नुभयाे ।

कार्यक्रममा उहाँले होली पर्वले नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र एकताभाव जगाउन सकून् भन्दै शुभकामना पनि व्यक्त गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button