संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरूद्ध रिटकाे पूर्ण इजलासमा आज सुनुवाइ हुँदै छ ।

इजलासमा कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरीप्रसाद खतिवडा हुनुहुन्छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले १ पुसमाा र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २ पुसमा अध्यादेशविरूद्ध रिट दायर गर्नुभएकाे थियाे ।

रिटमार्फत अध्यादेश खारेजीकाे माग गरिएकाे छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३० मंसिर, २०७७ मा अध्यादेश जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्नुभएकाे थियाे ।

असंवैधानिक भन्दै त्रिपाठी र अर्याल त्यसविरुद्ध सर्वाेच्च पुग्नुभएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button