हात्ती बेच्न लैजाँदै गरेका चितवनका राजुसहित तीनजना पक्राउ

काठमाण्डाैं । नेपालबाट भारततर्फ बिक्री वितरणको लागि लैजाँदै गरेको २ वटा हात्ती सहित ३ जनालाई पर्साकाे पकहामैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।

पक्राउ पर्नेहरूमा चितवनकाे भरतपुर महानगरपालिका-१८ जितपुर बस्ने ४० वर्षीय राजु कुमाल, सोही ठाउँ बस्ने ६० वर्षीय बुदिराम महतो र पर्साकाे पकहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन् ।

बिक्री वितरणको लागि हात्तीहरू लैजाँदै गरेको सूचना प्राप्त गरेपछि ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाइएकाे छ ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाउने कार्य भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button