देउवा सरकारका १० महिनामा न नयाँ कामको शुभारम्भ भयो, न त शिलन्यासः एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले १० महिने कार्यकालमा नयाँ कामको शुभारम्भ र शिलन्याससमेत गर्न नसकेको आरोप लगाउन थालेका छन ।

अध्यक्ष केपी शर्मा ओलीको सरकारलाई सर्वोच्च अदालतको परमादेशवाट बर्हिगमन गरे पछि गठन भएको देउवा सरकारले १० महिना भित्र विकास निमार्णका कामलाई गति दिन नसकेको जनाउँदै अर्थतन्त्र धरसायी बनाउँदै लगेको आरोप लगाउन थालेका हुन ।

‘एमाले सरकारको बहिर्रगमन पछि बनेको देउवा सरकारले आजको मितिसम्म विकास निर्माणका क्षेत्रमा गरेका महत्वपूर्ण काम कुनै छ त ? गंभीर प्रश्न खडा भएको छ’ एमाले नेता गोकर्ण बिष्टले प्रश्न गर्नुभएकाे छ, ‘करिब दश महिनाको अबधिमा विकास निर्माणका आयोजनाको न कुनै शुभारम्भ न शिलान्यास ढलेको सिन्को समेत यो सरकारले भाँचेन, केवल राष्ट्रको धुकुटी सिध्याउनु यो सरकारको मुख्य काम बन्न पुग्यो ।’

उहाँका अनुसार देउवा सरकार गठन भएपछि जनतालाई राहतको सट्टा मंहगी र कु–शासनले थिचेको जनाउँदै देशको अर्थतन्त्र धरासायी र चौपट बन्दै गएको छ । ‘यस्तो अवस्थामा देउवा सरकार देशलाई दिनप्रतिदिन बोझ बन्दैछ, राष्ट्रलाई धराशायी बनाउने निकम्मा र असफल सरकारका रूपमा परिणत हुन देउवा सरकारलाई अब धेरै दिन कुर्न नपर्ने भएको छ’ बिष्टले उल्लेख गर्नुभएकाे छ ।

एमाले प्रचार बिभाग प्रमुख बिष्णु रिजालले ओली सरकारले गरेका बिकास निमार्णमा रिबन काटने बाहेक अन्य काम गर्न प्रधानमन्त्री देउवाले नसकेको आरोप लगाउँदै आउनु भएकाे छ ।

‘ओली सरकारको पालामा सुरु भएका विकास निमार्णका कार्यमा रिबन काटने बाहेक प्रधानमन्त्रीले केही नयाँ कामको सुरुवात गरेको देखिएको छैन, न कुनै गतिलो आयोजनाको शिलन्यास गर्नुभएको छ, न देशलाई अघि बढाउने भिजन नै देखाउनु भएको छ,’ रिजालले भन्नुभयाे, ‘ओली सरकारले गरेका कामलाई समेत गति दिन नसकेको सरकारले देशको अर्थतन्त्र धरासयी बनाउँदै भने लगेको छ ।’

एमाले नेताहरुले विकास निमार्णको काममा कुनै ध्यान नदिएको जनाउँदै निरन्तर प्रधानमन्त्री देउवा माथि आक्रोस पोखिरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button