पोखरामा जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद हुने

काठमाडौं । आगामी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता जेठमा आयोजना हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सामाजिक संजालमार्फत सो घोषणा गर्नुभएकाे हाे ।

नवौँ राष्ट्रिय खेलकुद पर्यटकीय शहर पोखरामा हुनेछ ।

मन्त्री गहतराजले लेखेका छन्- नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता” आगामी २०७९ साल २२-२८ जेठमा गण्डकी प्रदेशको राजधानी तथा सुन्दर पर्यटकीय नगरी पोखरामा गर्ने ऐेतिहासिक निर्णय गरेको छ।

यसअघि आठौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिम नेपालगंजमा आयोजना भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button