प्रत्येक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने आम आद्मी सरकारको घोषणा

पन्जाब । पञ्जाबमा आम आद्मी पार्टी (आप)को सरकारले हरेक घरमा ३०० युनिट बिजुली निःशुल्क दिने घोषणा गरेको छ ।

आम आद्मीले शनिबार सो घोषणा गरे पनि १ जुलाईदेखि मात्र निश्चित युनिट विजुली निःशुल्क दिइने बताइएको छ ।

भगवन्त मान नेतृत्वको सरकार गठन भएको एक महिना पूरा भएको अवसरमा सर्वसाधारणलाई राहत दिन यस्तो घोषणा गरिएको हो ।

पञ्जाब सरकारले यसै घोषणातर्फ संकेत गर्दै मुख्यमन्त्री भगवन्त मानले मंगलबार राज्यका जनतालाई छिट्टै ‘खुशीको खबर’ दिने बताउनु भएकाे थियाे ।

‘हाम्रा नेता र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालसँग रमाइलो भेट भयो । छिट्टै, पञ्जाबका जनतालाई खुसीको खबर दिनेछु’, मुख्यमन्त्री मानले ट्वीट गर्नुभएकाे थियाे ।

पञ्जाब विधानसभा चुनावमा प्रत्येक घरमा ३०० युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने आम आदमी पार्टीले गरेको प्रमुख वाचामध्ये एक थियो ।

राज्यमा अतिरिक्त बिजुली उत्पादन भए पनि लामो समय बिजुली कटौती गरिएकाे र धेरै मानिसहरूको बिलमा पैसा बढेर आउने गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालल बताउनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button