एमालेलाई प्रमुख निर्वाचन आयुक्तकाे जवाफ: आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध

काठमाडाैं । प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाले स्थानीय तहकाे निर्वाचन निर्धारित मितिमै हुने बताउनु भएकाे छ ।

स्थानीय तहकाे निर्वाचन ३० वैशाखमा तय भए पनि चुनाव सार्ने षडयन्त्र भइरहेकाे भनेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कर्ष निकालेकाे भाेलिपल्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्वाचन हुँदैन कि भनेर शंका नगर्नुहोस्’ भन्नुभएकाे हाे ।

मंगलबार राजधानीमा पत्रकारसँगकाे अन्तर्क्रियामा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयाे, ‘निर्वाचन हुँदैन कि भनेर आदरणीय व्यक्तिहरूलाई कद नघटाउन अनुरोध छ ।’

एमाले केन्द्रीय सचिवालयको सोमबारको केन्द्रीय सचिवालय बैठकले सत्तारूढ गठबन्धनभित्र सिट बाँडफाँटलाई लिएर भइरहेको किचलोका कारण सरकारले भित्रभित्रै निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको निष्कर्ष निकालेकाे थियाे ।

त्यसकाे भाेलिपल्ट थपलियाले भन्नुभएकाे छ, ‘निर्वाचन हुने/नहुने कुनै पनि संशयलाई चिर्दै ३० वैशाखमा निर्वाचन गर्ने दृढ सकल्पमा आइपुगेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button