चेतावनी बेवास्ता गर्दा ११३४ जनाको ज्यान गएको त्यो दुर्घटना

ढाका । सन् २०१३ मा वंगलादेशमा एउटा भवन भत्किदा ठूलो मानवीय क्षति भएको थियो, जुन घटनाले अहिले पनि धेरैको मन पोल्छ ।

आजकै दिन अर्थात सन् २०१३ को २४ अप्रिलमा राजधानी ढाकामा राना प्लाजा नामक आठ तले व्यावसायिक भवन भत्किएको थियो ।

भवन भत्किदा ११३४ जनाको मृत्यु भएको थियो भने दर्जनौँ अरू घाइते भएका थिए ।

दुर्घटनाका घाइते करिब २५ सय जनालाई भवनबाट जीवितै उद्धार गरिएको थियो । यसलाई आधुनिक मानव इतिहासमा सबैभन्दा डरलाग्दो भवन दुर्घटना मानिन्छ ।

वंगलादेशको कपडा निर्माता र निर्यात संघका अनुसार भवन भत्किदा त्यहाँभित्र ३१ सय २२ जना मजदुर थिए । भवन भत्किदा धेरैले भूकम्प गएको भन्ने ठानेका थिए । २४ अप्रिलको बिहान लोडसेडिङ भएकाले भवनको माथिल्लो तलामा जेनेरेटर चलाइएको थियो ।

उक्त भवन पश्चिमी बजारहरूको लागि कपडा उत्पादन गर्ने कपडा कारखानाहरू सञ्चालित थियो । भवनमा कपडा कारखानाको अतिरिक्त एउटा बैंक, अपार्टमेन्ट र पसल रहेका थिए । भवनमा दरार देखिएपछि तल्लो तल्लामा रहेका केही पसल र बैंक तत्काल बन्द गरिएका थिए ।

अघिल्लो दिन दरार देखा परेपछि भवन प्रयोग नगर्न सरोकारवाला निकायले दिएको चेतावनीलाई भवनका मालिकहरूले बेवास्ता गरेका थिए ।

भवनमा दरार देखिदा पनि कपडा कारखानाका कामदारहरूलाई भोलिपल्ट फर्कन आदेश दिइएको थियो । बिहानको ‘रस आवर’ मा भवन भत्किएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button