कास्कीका पाँचै पालिकामा एमालेले तोक्यो उम्मेद्वार

पोखरा । कास्कीमा नेकपा एमालेले उम्मेद्वार टुंग्याएको छ ।

पोखरा महानगरमा यसअघि टिकट दिइसकेपनि उम्मेद्वार विवादित भएपछि नयाँ अनुहार खोजिएको छ ।

दीपक पौडेलको उम्मेद्वारी खोसेर प्रदेश सांसद कृष्णबहादुर थापालाई टिकट दिइएको हो ।

उपमेयरमा हालकै उपमेयर मन्जुदेवी गुरुङ दोहोरिने पक्का भएको छ ।

रुपा गाउँपालिकाको अध्यक्षमा नवराज ओझा र उपाध्यक्षमा लालसुब्बा गुरुङ सर्वसम्मत टिकट पाउनु भयाे ।

मादीको अध्यक्षमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेद्वार हुनुभएकाे छ ।

माछापुच्छ्रेको अध्यक्षमा विक्रम गुरुङ र उपाध्यक्षमा सीता तिवारीले टिकट पाएका एमाले गण्डकीले जनाएको छ ।

अन्नपूर्णको अध्यक्षमा विष्णु केसीलाई नै टिकट दिइएको छ भने उपाध्यक्षमा चन्द्रा अधिकारीले टिकट पाउनु भयाे ।

सबैले केहीबेरमा उम्मेद्वारी दर्ता गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button