घरको पाँचाैँ छतबाट खसेर एकजनाको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ ।

गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाउनु भयाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button