पोखरामा ५१ प्रतिशत मतगणना सकियो: ३४४२ मतले धनराजको अग्रता

पोखरा । कास्कीको पोखरा महानगरपालिकाका मेयरका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर  फराकिलो पार्दै लग्नुभएको  छ ।

हालसम्म महानगरमा खसेको मतको ५०.९१ प्रतिशत गणना सम्पन्न भएकोमा आचार्यले २९ हजार ८०७ मत प्राप्त गर्नुभएको छ । मेयरमा नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले २६ हजार ३६५ मत प्राप्त गर्नुभयो। ७२ हजार ९१८ मत गणना हुँदा आचार्यले तीन हजार ४४२ मतले अग्रता कायम गर्नुभएको छ ।

मेयरका अर्का उम्मेदवार राप्रपाका शंकर प्रसाद खरालले तीन हजार १४५ र लौरो चिन्हका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले एक हजार ९६६ मत ल्याउनुभएको छ ।

उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाटले ३० हजार २६० मत ल्याउनुभएको छ भने नेकपा एमालेकी मञ्जुदेवी गुरुङले ३० हजार १७६ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा रानाभाट र गुरुङको मतान्तर ८४ मात्र रहेको छ।

त्यस्तै उपमेयरमा अर्की उम्मेदवार राप्रपाकी रञ्जना कुमारी सेन पौडेलले दुई हजार ९६९ मत प्राप्त गर्नुभएको छ । पोखरामा मेयर र उपमेयरका अन्य उम्मेदवारहरूले उल्लेख्य मत प्राप्त गर्न सक्नुभएको छैन ।

दुई लाख सात हजार ७१२ मतदाता रहेको पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २८ मत खसेको छ । कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ ।

जस मध्ये यहाँ नेपाली काँग्रेसले ११ वटा वडा र नेकपा एमालेले ५ वटा वडामा जित हासिल गरेका छन् । महानगरका २,३,४,७,९,१२,१३,२३,२४,२५ र २६ नं. वडामा नेपाली काँग्रेसले जित हासिल गरेको छ भने १,५,६,८ र २० नं. वडामा नेकपा एमालेले जितेको छ । महानगरका ६ वटा वडाको मतगणना हाल जारी रहेको छ ।

यहाँ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button