गोरखाका विकेशको होस्टलको छतबाट खसेर मृत्यु

गोरखा घर भई काठमाडौँस्थित सामाखुशीको एक होस्टलमा बस्दै आएका युवाको छतबाट खसेर मृत्यु भएको छ ।

सोमबार बिहान करिब १० बजे सामाखुशीको क्रिस्टल बोइज होस्टलको तेस्रो तल्लाबाट खस्दा गोरखा ताकुकोटका २२ वर्षीय विकेश गुरुङको ज्यान गएको हो । छतबाट खसेर गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि टिचिङ हस्पिटल लगिएकोमा उपचारका क्रममै उनको मृत्यु भएको हो ।

ब्रिटिस गोर्खाको तयारीको तालिम लिन होस्टलमा बस्दै आएका गुरुङ कसरी खसे भन्ने बारे खुलिनसकेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धान जारी रहेको बताएपनि मृतक गुरुङका आफन्तजनले भने घटना शंकास्पद रहेको बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button