लमजुङमा थपिए दुई हजार ६५ मतदाता

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि लमजुङमा दुई हजार ६५ मतदाता थपिएका छन् ।

योसँगै जिल्लामा जम्मा एक लाख ३३ हजार ५५९ मतदाताले मतदान गर्न पाउने भएका छन् । जसमध्ये ६८ हजार २८८ महिला र ६५ हजार २७१ पुरुष मतदाता छन् ।

प्रदेश सभा क तर्फ महिला मतदाता ३१ हजार ८७२ र ३१ हजार ७०३ पुरुष गरी जम्मा ६३ हजार ५७५ मतदाता छन् ।

त्यस्तै प्रदेश सभा ख तर्फ ३६ हजार ४१५ महिला र ३३ हजार ५७८ पुरुष गरी जम्मा ६९ हजार ९८४ मतदाता रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button