
कास्की प्रहरीले केही दिन अघि बाटोमा फेला पारिएको रकम सम्बन्धित व्यक्तिलाई बुझाएको छ ।
यही भदौ २७ गते पृथ्वी राजमार्गको विजयपुर सडकखण्डमा ड्युटीको क्रममा प्रहरी जवान इन्द्र बहादुर रोकायले लु १८ प ६८२८ नम्बरको मोटरसाइकलबाट बाटोमा नगद टिप्दै गरेको अवस्थामा फेला पारेका थिए ।
उक्त रकम प्रहरीले नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई उचित प्रमाणसहित लिन आउन सुचना जारी गरेकोमा आज पोखरा -२७ बस्ने राजु तिवारीले दाबी पेश गरेका थिए । प्रहरीका अनुसार तिवारीले यथेष्ट प्रमाणसहित दाबी पेश गरेकाले उक्त रकम सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको हो ।





